‘उत्तर कोरियाले रुसलाई एक हजार कन्टेनर हतियार पठायो’


२७ आश्विन २०८०, शनिबार
kim putin i1qalfVJik

काठमाडौं । उत्तर कोरियाले रुसलाई हतियार पठाएको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी अधिकारीहरूले रुसलाई उत्तर कोरियाले ठूलो संख्यामा सैन्य उपकरण पठाएको र त्यो युक्रेनमा प्रयोग हुने आरोप लगाएका हुन् ।

अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बिले उत्तर कोरियाले यसै साता उपकरण र युद्ध सामग्रीले भरिएका एक हजारभन्दा धेरै कन्टेनर पठाएको आरोप लगाए । अधिकारीहरूले केही तस्विर पनि सार्वजनिक गर्दै भनेका छन्, ‘यो तस्विर कोरियाको नेजिनमा एकसाथ रोकिएका ३ सय कन्टेनरका हुन् ।’

गत महिना उत्तर कोरियाका नेता किम जोंग उनले रुसको भ्रमण गरेका थिए । यही बेला उनले रुसका साथ संभावित सैन्य सहयोगका विषयमा कुराकानी गरेको हुन सक्ने अनुमान गरिएको छ । अमेरिकी जासुसी संस्थालले हतियार आपूर्तिको ट्रर्याक गरिएको र ७ सेप्टेम्बरदेखि एक अक्टोबरसम्म हतियार पास गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता किर्बीले भनेका छन्, ‘यो उपकरण समुद्र र रेलको बाटो हुँदै दक्षिण् ापूर्वी रुसमा पठाइएको छ। यो क्षेत्र युक्रेनको सीमा क्षेत्रबाट करिब २ सय ९० किलोमिटर मात्र टाढा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७