कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने


२९ आश्विन २०८०, सोमबार
kedar karki 1

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने तयारी गरेको छ ।

यस विषयमा सोमबार बसेको पार्टीको प्रदेश कमिटीमा छलफल भएको छ । मत दिने नदिनेबारे माओवादीको संसदीय दलको निर्णय हुन भने बाँकी छ । माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कार्कीलाई विश्वासको मत दिने विषयमा बैठकमा छलफल भएको बताएका छन् ।

कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन सोमबार सूचना दर्ता गराएका छन् । शनिबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसका आठ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्वोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कार्की एमालेका सांसदको साथ लिएर मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७