कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै


१ कार्तिक २०८०, बुधबार
Kedar karki koshi scaled
फाइल फोटो

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । विश्वासको मत पाउन नसकी एकै वर्षमा चार–चार वटा सरकार धरापमा परिसकेको कोशी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिन लागेका हुन् । यसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

विगतका चार वटा सरकार विश्वासको मत पाउन नसकेर धरापमा परे पनि कार्कीलाई भने प्रदेश सभाबाट विश्वासको मत जुटाउन कुनै सकस छैन । कांग्रेसका ८ जना सांसद र एमालेको साथ लिएर मुख्यमन्त्री पदमा दाबी गरेका कार्कीका पक्षमा एमाले मात्र होइन, केन्द्रमा सरकार चलाइरहेको सिंगो गठबन्धन नै तयार भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७