आठ भाइ युद्ध जितेरै आएपछि गला जोड्यौं : उद्धव थापा


१ कार्तिक २०८०, बुधबार
Uddav Thapa
फाइल फोटो

मोरङ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोशी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, ‘एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कुरामा अघि बढौं ।’ थापाले कांग्रेसबाट आठ भाइ माननीयले दलभित्र झगडा गरेको, कुण्ठा बोकेर हिँडेको, युद्धको मैदानमा पुगेको र आफूहरूले माला लगाएर स्वागत गरेको बताए ।

‘हामीले गला मात्र लगाएनौँ गाला पनि जोड्यौं । एमालेबाट हामीले पाठ सिकेका छौँ त्यहाँ पनि झगडा छ । हामीले मुख्यमन्त्रीलाई साथ दिएका छौँ’, थापाले भने, ‘अब गम्भीर रूपमा सोच्न पर्छ । पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशबाट निर्णय गर्ने भन्नु भएको थियो अब सोच्नुहोस् । यही सरकारलाई निरन्तरता दिऔं ।’

अन्य प्रदेशमा बजेट कार्यान्वयन भएको तर कोशीमा भने अध्यादेशको खोल ओढाउन परेको सुनाए । स्रोत सुनिश्चित नहुँदा प्रदेशका धेरै योजना अलपत्र अवस्थामा परेको भन्दै थापाले कार्यक्रममा आएका योजना र भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव दिए । नामकरणको विषयमा समस्या आएको भन्दै थापाले वार्ता समिति बनाएर छलफल अघि बढाउनु पर्ने धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७