आगामी निर्वाचनमा पनि गठबन्धन गर्न खोजे कांग्रेस एक रहँदैन : गगन थापा


२ कार्तिक २०८०, बिहीबार
BheshrajKarki KTM RSS 02 IMG 20231019 112652

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा पनि गठबन्धन गर्न खोजिए पार्टी एक नरहने चेतावनी दिएका छन् । प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए ।

‘गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन । कसैले नसोचे हुन्छ’, उनले भने, ‘हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ ।’ उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए । उनले वागमती प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू आफूकहाँ आएको सुनाए । आफूले सभापतिलाई सोध्नुस् भनेको बताए ।

‘वागमती प्रदेशमा माओवादी मान्दिन हामीसँग यति सांसद छन् । सरकार फेर्नु पर्‍यो भन्दै बिहान आउनु भयो । मैले यसलाई धेरै थाहा छैन सभापति र वरिष्ठ नेताहरूलाई सोध्नुस् भने’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७