सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


२ कार्तिक २०८०, बिहीबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज प्रतितोला ५ सय रुपैँयाले बढेर छापावाल सुन एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ बढी हो ।

यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७