रुसी सेनामा भर्ती भएका नेपाली युवक सन्दीप युक्रेनको कारबाहीमा मारिए, एक जना नियन्त्रणमा


४ कार्तिक २०८०, शनिबार
sandeep thapaliya
रुसी सेनामा भर्ती भई युक्रेनको कारवाहीमा मारिएका नेपाली युवक सन्दीप । तस्वीर : फाइल

काठमाडौँ । रुसी सेनामा भर्ती भएका एक नेपाली युवकको युक्रेनी कारबाहीमा ज्यान गएको छ । केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका हुन् ।

ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । आफू सेनामा भर्ती भएको कुरा सन्दीपले आफ्नी बहिनी शान्तालाई सुनाएका थिए । रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण जारी राखेको छ । यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन् ।
रुसी सेनामा लागेका बर्दियाका विवेक खत्री पक्राउ
यता रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् । बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएका हो ।

bibek khatri

विवेक खत्री

युक्रेनका पूर्व आन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन् । हेरासचेन्कोले ट्वीटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन् । जसमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न रुसी सेनामा भर्ती भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७