१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए


६ कार्तिक २०८०, सोमबार
Over 12000 Afghan Refugees Return to Southern Afghanistan From Pakistan

अफगानिस्तान । करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् । दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन् ।

त्यसैगरी २५ लाखभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै संख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन् । विगत चार दशकदेखि मातृभूमि अफगानिस्तानबाट विदेशी आक्रमण र द्वन्द्वबाट भाग्नेको संख्या ठूलो छ । पछिल्लो एक वर्षमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट दुई लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७