दसैंमा खल्पीको अचार खानुको मज्जै बेग्लै, कसरी बनाउने ?


६ कार्तिक २०८०, सोमबार
khalpi achar

काठमाडौं । दशैंमा अन्य परिकारसँगै खल्पीको अचार खानुको स्वादै बेग्लै हुन्छ । खल्पी हाम्रो मौलिक अचारको रुपमा लिइन्छ । गाउँघरका लागि यो नौलो नभए पनि शहरबासीलाई बनाउने तरिकाका विषयमा जानकारी कम हुन सक्छ । अधिकांश समय व्यस्त रहने शहरबासीका लागि यस्ता मौलिक परिकारले लोभ्याउँछ तर बनाउने समय मिल्दैन ।

एक दिन छुट्टीमा के मात्र गर्ने भनेर अधिकांश परिकार बाहिरै बनेको चाख्ने बानी परिसकेको छ तर व्यावसायिक रूपमा बनेको कुनै पनि परिकारमा गाउँघरको जस्तो स्वाद हुँदैन । जति कम सामग्री प्रयोग गरेर परिकार बनायो, त्यति नै स्वादिष्ट हुने परिकारविद्हरूको सूत्र छ ।

5 1 FqeWECDaGM

किनकी हरेक खानाको आफ्नै स्वाद, पहिचान र महत्व छ । त्यसमा नानाथरि मिसाएर त्यसको वास्तविक स्वाद नै गौण भएर जान्छ । तसर्थ हामीले कुनै पनि परिकार बनाउँदा सकेसम्म कम सामग्री प्रयोग गरेको उत्तम हुन्छ । खल्पी अचार बनाउन पनि हामीलाई खासै सामग्री चाहिंदैन ।

पाकेको काँक्रोबाट एक अमिलो स्वादिलो चाना अचार बन्छ । जुन सिसिमा राखेर घाममा सुकाइ गलाइन्छ । तसर्थ खल्पी अचार फुर्सदमा बनाएर व्यस्त समयमा खाने परिकार पनि हो । यसलाई अचार या स्न्याक्सको रूपमा लिन सकिन्छ ।
सामग्री : पाकेको छिप्पिएको पहेलो पहाडी काँक्रो १ पिस, तोरिको तेल १ कप, नून स्वाद अनुसार, बेसार ३ चिया चम्चा, खुर्सानीको च्याख्ला धुलो ३ चिया चम्चा, १ दिन घाममा सुकाएको हरियो खुर्सानी चिरेको ७ पिस, जिराको गेडा ३ चिया चम्चा, धनियाँको गेडा ३ चिया चम्चा, तोरीको गेडा ४ चिया चम्चा, मसिनो गरी काटेको अदुवा–लसुन ४ चिया चम्चा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७