सांसद शाहीको पोष्टर रुखमा टाँस्दै सुर्खेतका नागरिकको प्रश्न : ठेकेदार ज्यू बाटो कहिले बन्छ ?


१२ कार्तिक २०८०, आईतवार
sash

सुर्खेत । दैलेख क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीलाई पश्चिम सुर्खेतका नागरिकले पोष्टर टासेर प्रश्न गरेका छन् ।

सांसद शाहीको फोटोलाई पोष्टर बनाएर प्रश्न गरिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाही ज्यू बाटो कहिले बन्छ । सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लामो समय भइसक्दा समेत बन्न नसकेपछि उनको व्यापक आलोचना हुन थालेको हो । गत वर्षको असारमा पूर्व सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्तिको शिलान्यास गरेका थिए ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । यस विषयमा सांसद शाहीसँग प्रतिक्रिया लिन खोज्दा आफूलाई पोष्टर टासिएको विषयमा जानकारी नभएको बताए । ‘म अहिले यात्राको क्रममा बाटोमा छु, यो विषयमा बुझेर एक घण्टापछि खबर गर्छु’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७