समानुपातिक सांसद चयनबारे छलफल गर्न जसपाको बैठक बस्दै


१३ कार्तिक २०८०, सोमबार
jasapa
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो २ः ३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त छ । सोही स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो । साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समेत समीक्षा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७