महिलातर्फको ‘बालोन डी ओर अवार्ड’ ऐताना बोनमाटीले जितिन्


१४ कार्तिक २०८०, मंगलवार
Bonmati

काठमाडौं । स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर ऐताना बोनमाटीले पहिला ेपटक महिला बालोन डी ओर अवार्ड जितेकी छन् । २५ वर्षीया बोनमाटीले आफ्नो क्लबलाई नयाँ उचाइमा लान, च्याम्पियन्स लिगमा जिताउन तथा विश्वकप उपाधि दिलाउन सफल भएकी थिइन् ।

बालोन डी ओर अवार्ड जितेपछि बोनमतीले भनिन्, ‘यो अवार्ड जित्न पाउँदा गर्व महसुस गरिरहेको छु । फुटबल एक सामूहिक खेल हो, त्यसैले यो अवार्ड मेरो टोलीका साथी र कर्मचारीलाई अर्पण गर्न चाहन्छु ।’ बोनमतीले बार्सिलोनाबाट चार लिग र दुई च्याम्पियनस लिग जितिसकेकी छन् । उनले अगस्टमा यूईएफएको वर्ष खेलाडीको अवार्डसमेत जितेकी थिइन् ।

चेल्सी तथा अस्ट्रेलियाकी साम केर दोस्रो तथा बार्सिलोना र स्पेनकी साल्मा पारालुतो तेस्रो र बार्सिलोना तथा स्विडेनकी फ्रिडोलिना रोल्फा चौथो स्थानमा रहे । स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जिते पनि स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले फाइनलपछि जेनी हर्मोसोलाई चुम्बन गर्दा जित ओझेलमा परेको थियो । जेनीले यसमा आफ्नो सहमति नभएको बताएकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७