नेपाल विश्वकप छनौंट हुँदा मूलपानीमा देखिएको उत्साह (तस्वीरहरु)


१७ कार्तिक २०८०, शुक्रबार
Mulpani 2

काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।
आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । नेपाल र यूएईको छनोटको सेमिफाइनल खेल हेर्न उल्लेख्य समर्थकको उपस्थिति रहेको थियो ।

mulpani 1

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो ।

Mulpani 2

यसअघि टी २० विश्वकप खेल्ने टोलीका सोमपाल कामी मात्र अहिले छनोट हुने सफल टोलीमा पनि छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको थियो । एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ । नेपालले अब विश्वकप छनोट एसिया छनोट फाइनलको उपाधिका लागि ओमानसँग खेल्नेछ ।

mulpani
Mulpani 3
Mulpani 4
Mulpani 5
1 1
2 1
3 1
4 1
5
6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७