कोशीमा मन्त्रिपरिषद् विस्तार, माओवादी र समाजवादीबाट एक–एक मन्त्रीको शपथ


१७ कार्तिक २०८०, शुक्रबार
koshi

मोरङ । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीका एक–एक जनालाई मन्त्री बनाएका छन् ।

माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जवेगुले मन्त्रीको शपथ लिएका छन् । उनीहरूको मन्त्रालय नतोकिए पनि प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
कार्की असोज २७ मा कांग्रेसबाट विद्रोह गरी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । २८ असोजमा शपथ लिएका उनले सोही दिन कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्री बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७