भूकम्पले भताभुङ्ग जाजरकोट–रुकुम पश्चिम (तस्वीरहरु)

ठाउँ–ठाउँमा सडक अवरुद्ध, उद्धारमा कठिनाइ


१८ कार्तिक २०८०, शनिबार
Bhukampa jajarkot 2 1 scaled

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गए रात गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२१ पुगेको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन् ।

Bhukampa jajarkot 1

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ । सबैभन्दा बढी क्षति वडा नम्बर १ र ३ भएको छ । भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्दार गर्न समस्या भएको छ । आफूले पाएको प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए ।

Bhukampa jajarkot 3

उनका अनुसार नगर क्षेत्रमा रहेका घरहरुमा अधिकांश भौतिक संरचनाहरुमा आंशिकदेखि पूर्ण क्षति पुगेको छ । यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उप प्रमुख सरिता सिंहसहित ५० जना बढीले ज्यान गुमाएका छन् ।

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएका छन् । वडा नम्बर एकमा सबैभन्दा बढी मानविय क्षति भएको छ । ३० देखि ३५ जना घाइते भएका छन् । ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्दारमा कठिनाई भएको तथा घटनाको एकिन विवरण संकलनमा समस्या भएको उनले बताए ।

Bhukampa rukum
????????? ???????? ????????????? ????? ???????? ???? ???? ???????? ????? ???????? ?????????? ????? ? ?????????? ?????? ??????? ????? ? ??? ??????? ?????????? ????? ?????? ? ? ?????? : ???????? ???/????

यस्तै रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन् । पछिल्लो अपडेट अनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार ८५ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले कारणले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७