जाजरकोट भूकम्प : नेपाललाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा


१८ कार्तिक २०८०, शनिबार
chen song u1htFbaHWl

काठमाडौं । चीनले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले शनिवार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङले बताएका छन् । राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत हुने र ती केही दिनमा नेपाल आइपुग्ने उनले जानकारी दिएका छन् ।

राजदूत चेनले थप राहत पनि घोषणा गरिने जनाएका छन् । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको निधन भइसकेको छ भने कम्तीमा १९७ घाइते भएका छन् ।

371127674 1009261076794486 2131927644813675374 n zeyqxkGxEM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७