रोनाल्डोको गोल मद्दतमा अल नासरको पाँचौं जीत


१९ कार्तिक २०८०, आईतवार
r1217431 1296x729 16 9

रियाद । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी प्रो लिगमा अल खलिजलाई हराउँदै अल नासरले सबै प्रतियोगितामा लगातार पाँचौँ जीत निकालेको गरेको छ । शनिबार भएको खेलमा अल नासर २–० गोलले विजयी बनेको हो ।

खेलको २६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ९ खेलमा पोर्चुगिज स्ट्राइकरको यो ११ औं लिग गोल हो । दोस्रो हाफको ५६ औं मिनेटमा एमरिक लापोर्टेले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।

यो सिजन पाँचौं क्लिन सिट राख्न सफल अल नासर सबै प्रतियोगिताका पछिल्ला १६ खेलमा अपराजित रहेको छ । १२ खेलमा टोलीले २८ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । अल हिलाल ३२ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७