चार मन्त्री र सांसदसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा


१९ कार्तिक २०८०, आईतवार
mantri

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा अन्य तीन मन्त्री र सांसदसहितको जम्बो टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।

HKC Jajarkot IMG 9319

भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली त्यसतर्फ गएको हो । नेपाली सेनाको स्काई ट्रक जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एक सय ब्ल्याङ्केट समेत वितरण गर्नेछ ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७