गाजामा इजरायलको आक्रमण : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


२१ कार्तिक २०८०, मंगलवार
Gaza 9
तस्वीर : एएफपी

काठमाडौं । कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलले थालेको कारबाहीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका हुन् । इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टिनीको मृत्यु भएको उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार गाजामा मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण हुन् । यता अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७