पोल्याण्ड पठाउने भन्दै ३८ लाख लिएपछि ‘फरार’ महिला पक्राउ


२१ कार्तिक २०८०, मंगलवार
Pakrau 1

काठमाडौं । रोजगारीका लागि पोल्याण्ड पठाउने दिने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७