क्लोजअप नेपालद्वारा ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिप घोषणा


२३ कार्तिक २०८०, बिहीबार
FOP

काठमाडौं । विश्वव्यापी दन्त स्वास्थ्य ब्राण्डको रुपमा नाम कमाएको क्लोजअप नेपाल, यादगार पलहरु बनाउँदै युवासँग सम्बन्ध गाँस्ने प्रतिबद्धतालाई जारी राख्दै ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ ।

आगामी नोभेम्बर २५ मा काठमाडौँ बौद्धस्थित हायात रिजेन्सी ग्राउण्डमा हुन गइरहेको यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गरिरहेको छ । कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका क्लोजअप नेपालले तयारी गरिरहेको छ ।

पछिल्लो समयमा प्रतिभाशाली गायक सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक सञ्जालमा फर्स्ट मुभ ३ल्बवष्पब्बग डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो । आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको छ । यस कार्यक्रमको टाइटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासँग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु हो ।

image001

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७