शान्ति प्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं, फेरि एकताको आधार तयार हुँदैछ : प्रधानमन्त्री

‘थवाङ विचार र क्रान्तिको प्रतीक हो, विप्लवसँग छिट्टै एकता हुन्छ’


२४ कार्तिक २०८०, शुक्रबार
Prachanda 1699600778

रोल्पा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् ।

आज (शुक्रबार) रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा हर्ष लागेको सुनाए ।

‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलो पटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो’, उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु ।’

उनले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएको बताउँदै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकताबद्ध हुने बताए । ‘शान्ति प्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं । अहिले क्रमशः एकताको आधार तयार हुँदैछ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकताबद्ध हुन्छौँ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७