‘आइएमई पे’ नेपाल सुपर लिग–२०२३ को आधिकारिक ‘टिकेटिङ पार्टनर’ को रूपमा रहने


२४ कार्तिक २०८०, शुक्रबार
ime pay

काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ र नेपाल स्पोर्टस् एण्ड इभेन्टस् (एनएसइएम) बीच रणनीतिक साझेदारी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नोभेम्बर २४ देखि हुने बहुप्रतिक्षित ‘नेपाल सुपर लिग २०२३’ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।

नेपाल सुपर लिग (एनएसएल) नेपालको प्रमुख खेलहरूमध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पेको विश्वास छ । यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमइ पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

‘आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताए । नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ । एनएसइएम र आइएमई पे बीचको यो साझेदारीले लिगको वृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ, जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७