दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश, अफगानिस्तान बाहिरियो


२५ कार्तिक २०८०, शनिबार
1 south africa 001 wS3oTICmHR

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकालेको छ । भारतको अहमदाबादमास्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अफगानिस्तानले साउथ अफ्रिकालाई जितका लागि २४५ रनको लक्ष्य दिएको थियो । जसमा १५ बल बाँकी छँदै दक्षिण अफ्रिकाले जित हासिल गर्‍याे।

हारसँगै अफगानिस्तानको विश्वकप यात्रा समाप्त भएको छ । अफगानिस्तानलाई सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न कम्तीमा ४३८ अन्तरको जितको आवश्यकता थियो । अब चौथो सेमिफाइनल टिमका लागि न्यूजिल्याण्ड र पाकिस्तान खेल्ने छन् । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७