‘इण्डियन आइडल’ बाट मन जित्दै मेनुका : आयो फिल्मको ‘अफर’


२५ कार्तिक २०८०, शनिबार
menuka

काठमाडौं । नेपाली गायिका मेनुका पौडेलले भारतीय गीत–संगीतको क्षेत्रमा समेत धेरैको मन जितिरहेकी छन् । गायन रियालिटी शो इण्डियन आइडलको टप–१५ मा प्रतिष्पर्धा गरिरहेकी मेनुकाले शोका जर्जहरुको मात्र मन जितेकी छैनन् भारतीय गीत–संगीत र चलचित्र क्षेत्रका दिग्गज व्यक्तिहरुको आँखामा समेत पर्न थालेकी छन् ।

एकपछि अर्को दमदार प्रस्तुतीहरुसहित इण्डियन आइडलको मञ्चमा उक्लिरहेकी मेनुकालाई फिल्मको अफर आएको छ । उनलाई शोको दिपावली विशेष एपिसोडमा फिल्मको अफर आएको हो । मेनुकाको गायकीबाट प्रभावित भएर उनलाई एक गेष्टले फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् । उनले इण्डियन आइडलको स्टेजमा भनेका छन्, ‘एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिँनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’ को कथावस्तुमा आधारित हुनेछ ।’

भजन गाउँदा–गाउँदै मेनुका पौडेल राष्ट्रिय अनि अन्तर्राष्ट्रिय गायन रियालिटी शोको मञ्चसम्म पुगिन् । झापा हल्दिबारीमा जन्मिएकी मेनुका दृष्टिबिहीन हुन् । २५ वर्षकी मेनुकाले विसं २०७५ मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन् । उनी टप ११ बाट बाहिरिएकी थिइन् । निर्णायक प्रभावित पनि भए । यात्रा त्यति छोटो पनि भएन । अहिले इण्डियन आइडल सिजन–१४ को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिले यतिबेला निकै तारिफ बटुलिरहेको छ । मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजनबाट जजहरूको मन मात्र जितिनन्, उनीहरूलाई पटक–पटक रुवाइन् पनि ।

मेनुकाले उक्त प्रस्तुतिबाट गोल्डेन माइक पनि जितेकी छन् । उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद निस्का’ गाएकी थिइन् । जसलाई सबैले तारिफ गरेका थिए । मेनुकाको गायकीको प्रशंसा गर्दै भट्टले भनेका थिए, ‘मलाई आज यकिन भएको छ । एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन ।’

पौडेलको गायनको प्रतियोगितामा जर्जका अलवा सामाजिक सञ्जालमा पनि हुने गरेको छ । जजहरू श्रेषया घोसाल, विशाल डिडलानी र कुमार सानुले स्ट्याण्डिङ अवेसन समेत दिएका थिए । मेनुकाले जज श्रेयासँग उनकै गीत समेत गाएकी थिइन् । अहिले मेनुकाको उक्त प्रस्तुतिको चर्चा सामाजिक सञ्जालमा चुँलिंदो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७