बाल साहित्यकार मानन्धरको आज अन्त्येष्टि


२९ कार्तिक २०८०, बुधबार
manandhar e1699988523633

काठमाडौँ । प्रख्यात् बाल साहित्यकार शान्तदास मानन्धरको आज (बुधबार) अन्त्येष्टि गरिँदै छ । मंगलबार ९० वर्षको उमेरमा निधन भएका उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो । बिहान ११ बजे पशुपतिको विद्युतीय शवदाहगृहअगाडि बौद्ध परम्पराअनुसार पूजा गरिने र त्यहीँ १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि शव राखिने मानन्धरका ज्वाइँ रामकृष्ण डंगोलले जानकारी दिए ।

त्यसपछि विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने छ । हर्नियाको समस्या देखिएर अस्पताल लगिएका उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको थियो । उनलाई कात्तिक २० गतेदेखि उनी बल्खुस्थित एक अस्पतालमा उपचाररत थिए । काठमाडौँको झोँछेँमा १९९१ जेठ शुक्ल दशमीमा जन्मिएका मानन्धरलाई बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा पाँच दशकदेखि निरन्तर समर्पित रहेवापत् २०७५ मा ‘जगदम्बाश्री’ सम्मान प्रदान गरिएको थियो ।

यो सम्मान मदनपुरस्कार गुठीले प्रदान गर्छ । नेपालीमा बाल साहित्यको खडेरी रहेको र हेयका रुपमा हेरिने समयमा मानन्धरले विदेशी लेखकका धेरै सामग्री अनुवाद गरेर पनि त्यसको पुड्ताल गरेका थिए । रुम टु रिडसँगको सहकार्यमा मात्र उनले १५० बढी कृति अनुवाद र सम्पादन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७