बाइडेन र सीबीच भेटवार्ता, सैन्य सम्बन्ध पुनः स्थापना गर्ने सहमति


३० कार्तिक २०८०, बिहीबार
xi biden

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सीचिनफिङबीच भेटवार्ता भएको छ । बिहीबार क्यालिफोर्नियामा एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर सम्मेलनमा भएको भेटमा दुई देशबीच सैन्य सञ्चार पुनः स्थापना गर्ने सहमति भएको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घण्टाको वार्ता भएको थियो । चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि ‘फेन्टेनाइल’को उत्पादनमाथि रोक लगाउने बारेमा पनि दुई नेताबीच सहमति भएको छ ।

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’ लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । ‘हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ’, बाइडेनले भने, ‘द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढ रूपमा प्रस्तुत हुँदै गएको छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७