पर्यटन क्षेत्र विकासमा कानून निर्माण गर्न आवश्यक : सभामुख महरा


१२ जेष्ठ २०७५, शनिबार
कृष्णबहादुर महराkridhana bahadur mohora

काठमाडौं,१२ जेठ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको समृद्धिका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताएका छन्।कृष्णबहादुर महराkridhana bahadur mohora

शनिबार गन्तव्य नेपालको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले पर्यटन क्षेत्रले विश्वमा नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको भन्दै यसको विकासका लागि आवश्यक कानून निर्माण गर्नुपर्ने बताएका हुन्।

पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको मुख्य आधार भएकोले त्यसको विकासका लागि आवश्यक दृष्टिकोण बनाउन सरकारलाई आवश्यक सुझाव दिन पनि पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन्।

सभामुख महराले नेपालको भूगोल, संस्कृति र जनजीवनबारे विश्व समूदायलाई जानकारी दिन पनि नेपालको पर्यटन क्षेत्र उपयोगी भएको बताएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७