भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा, कसको कति सहयोग ?


३ मंसिर २०८०, आईतवार
Bhukampa jajarkot 10

काठमाडौँ । सरकारले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ करोड बढी आर्थिक सहयोग प्राप्त गरेको छ ।

१ मंसिरसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । त्यसबेला भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि धेरैले सहयोग रकम घोषणा गरेका थिए । सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

उक्त कोषमा मिनबहादुर गुरुङले एक करोड भन्दा माथि एक करोड ११ लाख ११ हजार सहयोग गरेका थिए । बुद्ध एयरमार्फत एक करोड, राष्ट्रिय वाणिज्य बैंकमार्फत एक करोड, ग्लोबल आईएमई बैंकमार्फत १ करोड, सूर्य नेपाल प्रालिमार्फत एक करोड, गोर्खा ब्रुअरीमार्फत एक करोड, र क्यान सेन्ट्रल पेमेन्टमार्फत एक करोड सहयोग प्राप्त भएको थियो । त्यस्तै कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।
कसले कति गरे सहयोग

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७