विश्वकप क्रिकेट फाइनल : १०० रन नबनाउँदै भारतले गुमायो तीन विकेट


३ मंसिर २०८०, आईतवार
india

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँगको खेलमा भारत दबाबमा देखिएको छ ।
हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १०० रन नजोड्दै ३ विकेट गुमाएको छ ।

भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए । अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् । कोहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरको खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७