विश्वकप जित्न भारतले दियो अष्ट्रेलियालाई २४१ रनको लक्ष्य


३ मंसिर २०८०, आईतवार
cr 2

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनलमा भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २४० रन बनाउँदा अलआउट भयो ।

भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहली ५४ र कप्तान रोहित शर्माले ४७ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

अष्ट्रेलियन बलरसामू निरीह देखिएका भारतका ब्याटर खुलेर खेल्न सकेनन् । केएल राहुलले १०७ बलमा एक चौकासहित ६६ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राहुलको यो १७औँ अर्धशतक हो । ८१–३ को कठिन अवस्थामा रहँदा राहुलले चौथो विकेटका लागि विराट कोहलीसँग ६७ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । कोहलीले भारतीय टिमको खातामा ५४ रन थपे । उनले ६३ बलमा चार चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ७२औँ अर्धशतक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७