सर्लाहीमा आफै चढेर आएको स्कुल बसले ठक्कर दिंदा एलकेजी पढ्ने बालकको मृत्यु


६ मंसिर २०८०, बुधबार
accident 2

सर्लाही । सर्लाहीको हरिपुरमा स्कुल बसको ठक्करबाट एलकेजीमा पढ्ने ६ वर्षीय बालकको ज्यान गएको छ । मंगलबार साँझ हरिपुर नगरपालिका–८ जुटपानीमा भएको घटनामा स्थानीय वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बालक लालबन्दी–१ नबलपुरस्थित जेआईसी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । जेआईसी स्कुलकै ना २ क ११० नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । स्कुलबाट घर फर्किएका बालकलाई आफू चढेर आएकै बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारको लागि महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनापछि प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७