सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस र राजपा विपक्षमा


१३ जेष्ठ २०७५, आईतवार

काठमाडौं, १३ जेठ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।samsad bhawan संसद भवनf

सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभा त्यो प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । त्यसमध्ये कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी, नेपालका अनिलकुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन मान्नु भएन । गएको जेठ ७ गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कार्यक्रमविनाको नीति आएको भन्दै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने प्रतिवद्धता नआएको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७