सन् २०२४ मा श्रीलंकामा राष्ट्रपति र संसदीय निर्वाचन हुन्छ : राष्ट्रपति विक्रमसिंघे


७ मंसिर २०८०, बिहीबार
Ranil Bikramasinghe lvZ36KBghd

कोलम्बो । श्रीलंकामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमसिंघेले श्रीलंकाको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको संकटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधबार संसद्मा गरेको विशेष सम्बोधनमा सो जानकारी दिएका हुन् ।

आफूले निर्वाचन स्थगन गर्ने भन्ने आरोपलाई उनले अस्वीकार गरे । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनले जानकारी दिए । सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ ।

वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर) को बजेट विनियोजन गरिएको घोषणा गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७