क्याडिजलाई हराउँदै रियल शीर्ष स्थानमा


११ मंसिर २०८०, सोमबार
131824826 gettyimages 1815104340 DFjBS5qdL1

मड्रिड । रोड्रियो र जुड बेलिङह्यामको गोलको मद्दतले क्याडिजलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।

खेलको १४ औँ मिनेटमा नै रोड्रिगोको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । २२ वर्षीय ब्राजिलियन खेलाडीले दोस्रो हाफको ६४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । २० वर्षीय इङ्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले १० मिनेटपछि तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

यो सिजन रियलका लागि उनको १३ औँ गोल थियो । लगातार तेस्रो जीतपछि टोलीको ३५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेलेको छ । उसको ३४ अङ्क छ । समान ३१ अङ्क भए पनि एट्लेटिको मड्रिड तेस्रो र बार्सिलोना चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७