घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार


१२ मंसिर २०८०, मंगलवार
pic8 4JBU1EfjsQ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष समेत रहेएका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य सचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।

सदस्य सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् । उनी सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए । दुई वर्षअघि उनी राखेप सदस्य सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

घिसिङको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसिएट मेम्बर प्राप्त गर्दा सदस्य सचिव घिसिङको महत्त्वपूर्ण भूमिका थियो । उनकै महत्वपूर्ण भूमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो । सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्य सचिव घिसिङ खासगरी दक्षिण एसियालाई केन्द्रमा राखेर एसियामा रग्बीको विकास र विस्तारमा निरन्तर क्रियाशील रहँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७