जसरी भए पनि निर्माण व्यवसायीको भुक्तानी दिन्छौं : मन्त्री ज्वाला


१६ मंसिर २०८०, शनिबार
Prakash jwala 1 scaled

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीलाई गरिसकेको कामको रकम भुक्तानी गर्ने बताएका छन् ।

आज (शनिबार) काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले गत वर्षको बाँकी रहेको रकम दिनसके मात्रै पनि अर्ततन्त्र चलायमान हुने बताएका हुन् । त्यसका लागि सरकार लागिपरेको उनको भनाइ छ ।

‘भुक्तानीका विषयमा हामी आफैँ भुक्तमान बेहोरिरहेका छौँ। हामी आफैं माग्ने पक्ष जस्तो भएका छौँ । सरकारको एउटा पार्टनर भए पनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, लडिरहनुपर्ने, भनिरहनुपर्ने छ’, उनले भने, ‘अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ। त्यसो भयो भने फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ ।’ देशको अर्थतन्त्र बाहिर प्रचार भए जस्तो धेरै अफ्ठ्यारोमा भने नरहेको मन्त्री ज्वालाको भनाइ छ । सरकारले उद्योगी लगानी सम्मेलन गर्ने तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७