दुबईमा जम्मा भएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना


२० मंसिर २०८०, बुधबार
indira rana
फाइल फोटो

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले दुबईमा जम्मा भएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने टिप्पणी गरेकी छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले दुबईमा जम्मा भएर, मन्त्रीहरूसँग भेट्दैमा जलवायु परिवर्तनको असर कम नहुने बताएकी हुन् ।

उनले जलवायु परिवर्तनको असर कम गर्नका लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताइन् । उनले भनिन्, ‘तपाईहरू को–को गएर आउनुभयो कोप–२८ मा ? जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा धेरै जना जानुभएको छ । धेरै जना दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुने होइन । हामीले भान्साबाट, आफ्नो गतिविधिबाट जलवायु परिवर्तनको असर कम गर्न सक्छौँ ।’

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा भएको थियो । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७