जापानमा भाङको औषधीय प्रयोगलाई कानुनी मान्यता


२१ मंसिर २०८०, बिहीबार
Cannabis 1536x1024 1

टोकियो । जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ ।

जापानको माथिल्लो सदन (नेशनल डाइट)ले बुधबार संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ । संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल (टीएचसी)’, बोटमा पाइने एक मनोवैज्ञानिक रसायन, लागुऔषधको रूपमा व्यवहार गरिनेछ, जसको प्रयोगमा युवाहरू र अरूलाई दुरुपयोग गर्नबाट रोक्न प्रतिबन्ध लगाइनेछ ।

जापानले पहिले नै गाँजा राख्न र वितरण गर्न प्रतिबन्ध लगाएको छ । देशले औषधीय प्रयोजनबाहेक यसको प्रयोगमा प्रतिबन्ध लगाउनेछ । यससम्बन्धी उल्लङ्घन गरेमा सात वर्षसम्मको जेल सजाय को व्यवस्था गरेको छ तर मेडिकल उत्पादनका लागि बिरुवा हुर्काउन पनि अनुमति दिइनेछ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७