टिकटकले नेपाल सरकारको प्रशंसा गर्दै पठायो पत्र


२१ मंसिर २०८०, बिहीबार
tiktok smart khbar

काठमाडौं । चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको हो ।

पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण गराइएको छ। टिकटकको इमेलमा सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका बनाएकोमा प्रशंसा गरेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।

निर्देशिकाको प्रशंसा गर्दै लेखिएको पत्रमा यसबारे प्रष्ट पारिदिन उल्लेख समेत गरिएको छ । निर्देशिकाको केही अनुसूची र बुँदाबारे बुझाइदिन भनिए पनि मन्त्रालयले तत्काल इमेल नफर्काउने सुवेदीले बताए । अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जवाफ फर्काउन नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७