नेपाली सेनामा जागिर खाने हो ? यी प्राविधिक अधिकृत पदमा खुल्यो भर्ना (विज्ञापनसहित)


२२ मंसिर २०८०, शुक्रबार
Nepali Army sena 20190129003714

काठमाडौं । तपाई के नेपाली सेनामा जागिर खाने सोंच बनाइरहनु भएको छ । यसो हो भने तपाईलाई तत्काल सेनामा भर्ना हुने अवसर आएको छ । नेपाली सेनाले अधिकृत पदहरुका लागि भर्ना खुलाएको छ । प्राड-प्राविधिक-विविध सेवातर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान भएको हो ।

प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ । यस्तै मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ ।

समाचार सम्पादक÷बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ । दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ ।

दरखास्त फारम अनलाइनमार्फत भरेर, त्यसलाई प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने सूचनामा उल्लेख छ । दरखास्त बुझाउँदा सबै पदका लागि नेपाल बैंक लिमिटेडको राजश्व शीर्षकमा एक हजार रुपैयाँ जम्मा गरेको सक्कल र एक थान प्रतिलिपि भौचर पनि बुझाउनु पर्नेछ । एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि २० प्रतिशतको दरले थप दस्तुर लाग्ने नेपाली सेनाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

Nepal Army Notice scaled 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७