एमाले पदयात्राको नवौं दिन : आज गोरखा आरूघाट आइपुग्ने


२२ मंसिर २०८०, शुक्रबार
kp 1 1
फाइल फोटो

पोखरा । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज (शुक्रबार) आरूघाट, गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको ‘समृद्विका लागि संकल्प यात्रा’ को नवौं दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुनेछ ।

यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७