प्रधानमन्त्री प्रचण्ड आज धनगढी जाँदै


२२ मंसिर २०८०, शुक्रबार
PM Prachanda1701660687

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) दिउँसो कैलालीको धनगढी जाने भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री धनगढी जान लागेका हुन् । धनगढी उपमहानगरपालिका–१ पशुपति टोल मैदानमा दिउँसो १२ः३० बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने तय भएको जानकारी दिए । प्रचण्ड यसअघि कैलाली निर्वाचन क्षेत्र ५ का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७