एमाले सरकार हटेपछि विकास–निर्माण ठप्प भयो ( तस्वीरहरु)

‘बैंकहरु निर्मम साहुजी र मिटरब्याजी बन्न हुँदैन’


२४ मंसिर २०८०, आईतवार
OLi Nuwakot 1

नुवाकोट । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नहुँदा विकास निर्माणका काम नहुनु स्वभाविकै भएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग विशेष अभियान (झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा भएपपछि विकास नहुनु, भए पनि सुस्त हुनु र काम रोकिनु स्वभाविक भएको बताए । आफू नेतृत्वको सरकारको साढे ३ वर्षको अवधिमा असाधारण काम गरेको स्मरण गर्दै उनले एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माणका काम ठप्प भएका बताए ।

OLi Nuwakot 1024x603 1

चीनसँग आवागमनलाई सहज बनाउन टोखा–छहरे सुरुङमार्ग बनाउने लगायत योजना अगाडि सारेको अध्यक्ष ओलीले बताए । एमाले नेतृत्वको सरकारले विकासका धेरै काम सुरुआत गरे पनि अहिलेको गठबन्धा सरकारले त्यसमा ध्यान केन्द्रित गर्न नसकेको उनले बताए।

‘गल्छी–मैलुङ–रसुवागढी बाटो बनाउने काम थाल्यौँ, चीनसँगको आवागमनलाई सहज बनाउन टोखा–छहरे सुरुङमार्ग निर्माण योजना अगाडि सार्‍यौँ, २४ किलोमिटर स्याप्रुबेंसी–बेत्राबती खण्डलाई सुरुङ बनाएर योजना अघि सार्‍यौँ, त्यसले रेलमार्गका लागि सहज बनाउँछ, काठमाडौंबाट दिल्ली र काठमाडौंबाट बेइजिङ कनेक्सन दुवैतिर सजिलो बनाउँछ ।’

OLi Nuwakot 2 1024x650 1

उनले रक्सौल–काठमाडौं रेलका लागि भारतले र चीनले पनि काम गरिरहेको बताएका छन् । एमाले नेतृत्वको सरकारले मध्यपहाडी राजमार्ग जहाँसम्म पुर्‍याएको थियो, त्यहीँसम्म पुगेर काम रोकिएको पनि उनले बताए । ‘केही खण्ड हेर्नै आएका हौँ, हामी, २१ किलोमिटर त ट्रयाक त बनाइएको रहेनछ, त्यसमध्ये १८ किलोमिटर अहिले वनले स्वीकृति दिएर अब बन्ला कि भनेर भनेर आशा पलाएको रहेछ, तीन किलोमिटरको अझै कहाँबाट ट्रयाक जाने भन्ने टुंगो छैन, अनिश्चितता छ, यो बाटो अबिलम्ब बन्नुपर्छ, जनताको असुविधासँग मात्र होइन यहाँको आर्थिक उन्नती र विकास सबैसँग जोडिएको छ’, उनले भने ।
‘बैंकहरु निर्मम साहुजी र मिटरब्याजी बन्न हुँदैन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुमाथि मिटरब्याजीजस्तो बनेको आरोप लगाएका छन् । उनले आफूखुशी ऋणको ब्याजदर बढाएर बैंकहरु मिटरब्याजी जस्तो बनेको आरोप लगाएका हुन् । ‘बैंकले निर्मम साहुजी र मिटरब्याजी तरिका होइन विकासका लागि सहयोगी संस्थाका रुपमा काम गर्नुपर्छ,’ उनले भने ।

kp ba 1

बैंकहरुले ऋणको ब्याजदर घटबढ गर्दा ऋणीको सहमति चाहिने व्यवस्था गर्नुपर्ने बताए । ‘बैंकले एकतर्फी रुपमा बढाउने प्रावधान नै खारेज हुनुपर्छ,’ उनले भने, ‘ऋण दिंदा बैंकले ब्याजदर घटबढ गर्न सक्नेछ लेख्या हुन्छ । घट त लेख्या मात्र हो । कहिल्यै हुँदैन । त्यसैले बढ एकलौटी गर्न नपाउने व्यवस्था चाहिन्छ ।’

kp oli melamchi 1 1YfGnodqP3

ओलीले ऋणीकै कारण बैंकहरु चलेको भन्दै अप्ठेरोमा परेका ऋणीलाई सहयोग गर्नु बैंकको जिम्मेवारी भएको बताए । बैंकले ऋणीको महत्व नै नबुझेको आरोप लगाए । ‘डिपोजिटकर्जा र ऋणीले बैंक चलाइदिएका हुन् । लोन लिइदिए नै बैंक चल्छ । कसैले पनि ऋण नलिए त डिपोजिटरको ब्याज तिरिरहन सक्दैनन् नि,’ उनले भने, ‘व्यवसायी अप्ठेरोमा परेका बेला बैंकले सहयोग गर्नुपर्छ । डुब्न लागे थप ऋण दिएर उठाउनु पर्छ । अप्ठेरोमा परे धकेलेर लिलामीतिर लाग्ने तरिका उपयुक्त होइन ।’ उनले अहिलेको आर्थिक संकटमा बैंकले ऋणको ब्याजदर घटाउनुपर्ने बताए । साथै व्यवसाय अप्ठेरोमा परेकाहरुलाई ऋण तिर्न थप समय दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७