रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका मुख्य तीन एजेण्डा


२५ मंसिर २०८०, सोमबार
rabi raswapa 2
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) अपराह्न संसदीय दलको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय चःमतिमा बोलाइएको सचेतक निशा डाँगीले जानकारी दिइन् । बैठक अपराह्न ४ बजे बस्ने छ ।

आजको बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने उनले जानकारी दिइन् । कात्तिक १६ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो । हिउँदे अधिवेशन सुरू गर्ने समय भएकाले र संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि महत्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७