संसद सचिवालयका महासचिव गौतमले आठ महिना पदावधि छँदै दिए राजीनामा


२५ मंसिर २०८०, सोमबार
Bharatraj gautam

काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको पत्र बुझाएको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी दिएको छ । गौतमको पदावधि अझै ८ महिना बाँकी थियो । गौतमले राजीनामाको कारण खुलाएका छैनन् ।

उनको राजीनामा र नयाँ महासचिवबारे प्रतिनिधिसभाका समाभुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल गरेका छन् । गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरिएको थियो ।

महासचिवमा हुनुअघि गौतम संसद सचिवालयका सचिव थिए । गौतमले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका थिए । उनी २०५१ सालमा संसद सेवा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७