इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा


२५ मंसिर २०८०, सोमबार
gaza 1

तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ’डिफेन्स फोर्स आर्टीलरी’ गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजापट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ । रासस / एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७