मालीस्थित राष्ट्रसंघको मिसन अन्त्य : साढे १० हजार शान्ति सेना फर्किए


२५ मंसिर २०८०, सोमबार
Mali

बामाको । मालीस्थित संयुक्त राष्ट्रसंघीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ । मिनुस्मा नामले चिनिने मिसनले राजधानी बामाकोस्थित मुख्यालयमा संयुक्त राष्ट्रसङ्घको झण्डा हटाइएको मिसनका प्रवक्ता फातुमाता काबाले एएफपीलाई बताए ।

साङ्केतिक समारोहबीच राष्ट्रसंघीय सैनिक मिसनको औपचारिक अन्त्य भएको उनले बताए । उनले भने, ‘अगामी जनवरी १ पछि ‘परिसमापनको चरण’ हुनेछ, जसमा बाँकी उपकरणहरू अधिकारीहरूलाई हस्तान्तरण गर्ने जस्ता गतिविधिहरू समावेश हुनेछन् ।’

मिनुस्मा भनिने संयुक्त राष्ट्रसंघीय स्थिरीकरण मिसन फिर्ता भएपछि क्षेत्रीय नियन्त्रणका लागि सेना र सशस्त्र समूहबीच युद्ध चर्किने हो कि भन्ने डर बढेको छ । मिनुस्माले विगत एक दशकदेखि मालीमा करिब १५ हजार सैनिक र प्रहरीलाई राखेको थियो । शत्रुतापूर्ण कारबाहीमा करिब १८० सैनिक मारिएका छन् । कूल १३ हजार ८०० मिनुस्मामध्ये शुक्रबारसम्म मालीबाट १० हजार ५०० भन्दा बढी वर्दीधारी र अन्य सैनिक कर्मचारीले माली छोडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७