युक्रेनको राजधानीमा आक्रमण, ५० भन्दा बढी घाइते


२९ मंसिर २०८०, शुक्रबार
1 Ukrain yUIQBZImaK

काठमाडौं । युक्रेनको राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएक छन् । मेयर भिटाली क्लित्स्कोका अनुसार घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वी डिनिप्रोभस्की र दक्षिणपूर्वी डार्नित्स्की जिल्लामा भएको हवाइ हमलाबाट बालबालिकाको अस्पताल, एउटा अपार्टमेन्ट भवन, निजी घर र कारमा क्षति पुगेको क्लित्स्कोले बताए । युक्रेनी वायुसेनाले किभविरुद्ध प्रहार गरिएका सबै १० ब्यालेस्टिक मिसाइल रोकेको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७