इजरायली सेनाद्वारा १० आतंककारी मारिए


३० मंसिर २०८०, शनिबार
1

काठमाडौं । इजरायलले जेनिनमा ६० घण्टासम्म सञ्चालित आतंकवादविरोधी अभियानमा १० आतंककारी मारिएको दाबी गरेको छ । इजरायली सेनाले कारबाहीका क्रममा सेनाले सयौँ भवनमा खोजी गरेको र ६० जनालाई गिरफ्तार गरेको जनाएको छ ।

साथै ती आतंककारीबाट सेनाले विभिन्न प्रकारका ५० भन्दा बढी हतियार, सयौँ विस्फोटक पदार्थ र अमेरिकी डलर समेत बरामद गरेको छ । कारबाहीका क्रममा सेनाले जुडिया र सामरियाबाट १४ जना वान्टेड आतंकवादीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये तीनजना हमाससँग सम्बन्धित रहेको बताइएको छ । आक्रमणमा उनीहरूले प्रयोग गरेका केही पूर्वाधारहरू समेत ध्वस्त पारेको इजरायली सेनाले जनाएको छ । यस क्रममा इजरायली वायुसेनाको विमानले आतंककारीको दुई वटा टोलीमाथि आक्रमण गरेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७